सबै भन्दा ठुलो दलको हैसियतले माओबादीले नै शान्ति र संविधानको जिम्मेबारी लिनुपर्ने: प्रधानमन्त्री


YYY
 साउन ४ काठमाडौँ ।प्रधानमन्त्री झलनाथ खनालले एकीकृत नेकपा माओवादी मुलुकको सबैभन्दा ठूलो पार्टी भएकोले शान्ति र संविधान निर्माणको जिम्मेवारी पनि उसैले लिुनपर्ने बताउनु भएको छ । 

काठमाडौंमा मंगलबार आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री खनालले सबै राजनीतिक दलहरुले आपसी अन्तरद्धन्द्धलाई छोडेर शान्ति र संविधान निर्माण तर्फ  जिम्मेवार हुनुपर्ने बताउनुभयो । सबैभन्दा ठूलो पार्टीको हैसियतले माओवादी तथा अन्य मुख्य दल नेपाली कांग्रेस तथा नेकपा एमालेले यसको जिम्मेवारी लिनुपर्ने प्रधानमन्त्री खनालको कथन छ । 

कार्यक्रममा प्रधानमन्त्री खनालले नेपालमा साधन र श्रोत प्रशस्त भएता पनि यसको सदुपयोग गर्न नसकिएको पनि स्पष्ट पार्नुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]