१ डलरमा विहे गराइदिने मेसिन


YYY

पैसा नहुनेहरुको लागि विहे साँच्चै नै ठुलो चिन्ताको विषय बन्ने गरेको छ । तर अब यसको कुनै टेन्सन छैन । हालै बजारमा आएको एउटा अनौठो मेसिनले बिहे गर्न खर्च नहुनेहरुको समस्या सधैको लागि सावधान गरि दिएको छ । बिहेको मन्त्र पढ्ने ‘ओटोभाड’ नामक यो मेसिनको सहायताले कुनै पनि जोडी विना पण्डित नै एक डलरमा बिहे गर्न सक्नेछन् । विवाह समारोहमा धार्मिक मन्त्र पढ्ने पण्डितलाई दिने पैसा नहुनेहरुका लागि यो मेसिन वरदार नै सावित भएको छ ।



विवाह खर्च बढ्दै गएको अहिलेको यो परिप्रेक्ष्यमा धेरै गरिब जोडीलाई राहत दिने मेसिन उत्पादक बेलायती कम्पनीको दाबी छ । ८ फिट अग्लो यो मेसिनमा साँचो दबाई बिहे सम्पन्न गर्न सकिन्छ । बन्टन दबाएलगत्तै मेसिनबाट साङ्गितिक धुन र आवाज मात्र हैन, प्लास्टिकको औठी पनि बाहिर निस्कन्छ । अब अरु के चाहियो र ?

सामाजिक जनजिवनमा अति नै उपयोगी हुने यो मेसिन डि्रटोइट मार्विन्स मार्वेल्स म्युजियमको लागि बनाइएको कम्पनीले जनाएको छ । अहिले रुस, ब्राजिललगायतका देशबाट मेसिनको उल्लेख्य माग आएको छ । यस मेसिनको प्रयोगले न्यून आम्दानी भएका जोडीलाई त राम्रै होला तर पण्डित्याई गरेर जीवन गुजारा गर्ने पण्डितले भने अर्कै जागिर खोज्नु पर्ने बेला आएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]