हत्याका आरोपी सभासद र अंगरक्षकलाई कडा कारवाहीको माग


YYY
साउन ५ काठमाडौँ  ।  नेकपा एमालेका पूर्व सांसद जगदिशप्रसाद साहका अंगरक्षक प्रहरी जवान प्रवेश मेहताले गोली हानि स्थानीय रामबहादुर चौधरी थारुको हत्या गरेको विषयलाई लिएर राष्ट्रिय आदिवासी जनजाति मानवअधिकार एलायन्सले हत्यारालाई कारवाहीको माग गरेको छ ।

 रिपोर्टर्स क्लबमा बिहिबार पत्रकार सम्मेलन गर्दै एलायन्सले पूर्व सांसद र घटना घटाउने उनका अंगरक्षक प्रहरी जवानले मानवअधिकारको घोर उल्लङ्घन गरेको भन्दै सांसद जगदिशप्रसाद साहलाई कारवाही र हत्यारालाई सर्वस्वसहित जन्म कैदको माग गरेको छ । पत्रकार सम्मेलनमा राष्ट्रिय आदिवासी जनजाति मानवअधिकार एलायन्सका कार्यवाहक अध्यक्ष रामकुमारी तामाङले दोषीलाई कारवाहीको माग गर्दै पीडितका तर्फबाट किटानी जाहेरी दिन जाँदा पनि स्थानीय प्रशासनले आलटाल गरी जाहेरी दर्ता गर्न नमानेको बताउनुभयो । 

त  असार ३२ गते राति ९ बजे सप्तरी जिल्ला शम्भूनाथ गाविस ७ सखुवा टोल निवासी ५२ वर्षका रामबहादुर चौधरी थारुको गोली चलाई हत्या गरिएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]