बिश्व जनसंख्या दिवसका सन्दर्भमा समाचार


YYY
जुलाई ११ तारिख अर्थात बिश्व जनसंख्या दिवस सात अर्ब मानिसको आ-आफ्नो कथा गरिवी र असमानता हटाउनु छ सदा भन्ने नाराका साथ बिश्वभर यो दिवश मनाएको छ । दिवसको अबसरमा संयुक्त राष्ट्र संघ जनसंख्या कोषको अगुवाइमा बिश्वभर बिभिन्न कार्यक्रमहरु भएका छन् । विश्वमा जनसङ्ख्या वृद्धिदर एकदमै उच्च रहेको अवस्थामा नेपालमा पनि अहिले ३ करोड जनसंख्या नाघ्ने अनुमान गरिएको छ । यहि असार महिनाको ३ गतेदेखि १३ गतेसम्म देशभर गणक र सुपरिवेक्षकहरु परिचालन गरी जनसंख्या सहित विभिन्न तथ्याङ्क संकलन गरिएको थियो ।

यसैबीच धादिङमा पनि २०५८ को तुलनामा जनघनत्व बढेको पाईएको छ । धादिङमा २०५८ सालमा संकलित तथ्याङ्कको तुलनामा करिव १० प्रतिशत घरधुरी संख्या बढेको जिल्ला जनगणना कार्यालय धादिङले जनाएको छ । धादिङमा २०५८ सालमामा संकलित तथ्याङ्कमा करिव ६२ हजार घरधुरी रहेकोमा हाल करिव ७२ हजार पुग्नसक्ने प्रारम्भिक नतिजाले देखाएको छ । धादिङमा जनसंख्या पनि त्यहि अनुपात बढेको अनुमान गरिएपनि अहिल्यै यकिन तथ्याङ्क सार्वजनिक गर्न नमिल्ने जिल्ला जनगणना कार्यालय धादिङका प्रमुख शुसिल शर्माले बताउनु भयो । नेपालको जनसङ्ख्या सहितको यकिन तथ्याङ्क आगामी असोज महिनासम्म सार्वजनिक गर्न सकिने केन्द्रीय तथ्याङक विभागले जनाएको छ ।

यसपटक संकलित तथ्याङ्कमा मानीसहरु विस्तारै सहर केन्द्रीत बन्दै गएको पाइएको छ । धादिङमा पनि ग्रामिण क्षेत्रमा जनघनत्व घट्दै गएको र सहरी क्षेत्रमा जनघनत्व निक्कै बढेको छ । धादिङको नीलकण्ठ गाउँ विकास समितिमा यसअघिको तुलनामा घरधुरी संख्या दोब्बर भएको तथ्याङ्कले देखाएको छ । जनसंख्या बृद्धिसंगै आर्थिक असमानता र उच्च गरिवीको चाप पनि बढिरहेकोले यसबाट उत्पन्न समस्याले मानिसको जीवन संकटपूर्ण बन्दै गइरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

धादिङमा जनसंख्या दिवस यसरी मनाइयो ।

विश्व जनसङख्या दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यलय धादिङले प्रयास नेपाल धादिङको ब्यवस्थापनमा जिल्ला स्तरीय विकास र जनसंख्या विषयक वक्तृत्वकला प्रतियोगीता सम्पन्न गरेको छ । स्वास्थ्य प्रमुख भोगेन्द्रराज डेटेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा सातवटा विद्यालयबाट विद्यार्थीहरुको उपस्थीती रहेको थियो । जसमा मनरुपी मा वि का सुसीला तिवारी प्रथम पशुपती मा वि का मधुकर राउत दृतिय र कर्णेश्वर मा वि का कोपीला अर्याल तृतिय भएका छन् । प्रतियोगितामा प्रथम द्वित्तिय र तृतीय हुनेहरुलाई क्रमश ३ हजार २ हजार र १ हजार रुपयाँ पुरस्कार प्रदान गरिएको छ ।

रेडियो बिहानी

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]