एमालेको राष्ट्रिय भेला सुरु, शिर्ष नेताहरु वीच आरोप प्रत्यारोप


YYY
 साउन ७ काभ्रे। पार्टीको विधान र मुलुकको पछिल्लो राजनीतिक अवस्था लगायतका बारेमा छलफल गर्न नेकपा एमालेको राष्ट्रिय भेला आज शनिबारबाट काभ्रेको धुलिखेलमा सुरु भएको छ ।

कार्यशालाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय भेला मूल ब्यवस्थापन समितिले जनाएको छ । कार्यशाला पार्टीको वर्तमान वस्तुस्थिति र विधान संशोधनका विषयमा छलफल गर्न आयोजना गरिएको भएपनि राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक समस्यामा केन्द्रित हुने छ ।

केन्द्रीय संगठन विभागले विधान संशोधनमा छलफल गर्न भेला आयोजना गरे पनि वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओली पक्षधरले अध्यक्ष झलनाथ खनाल असफल र अयोग्य भएको ठहर सहित पार्टीको आन्तरिक समस्या र राष्ट्रिय राजनीतिसँग गाँसिएका मुद्दा उठाउने गृहकार्य गरेकाले भेला राजनीतिक मुद्धामै केन्द्रीत हुने भएको हो ।

नेपाल–ओली पक्षले पार्टी, संसद् र सरकारमा अध्यक्ष झलनाथ खनाल असफल भएको भन्दै यो कुरालाई महत्वका साथ बैठकमा उठाउने जनाईएको छ । तर, नेपाल–ओली प्रति असन्तुष्ट अध्यक्ष खनाल र उपाध्यक्ष बामदेब गौतम प्रतिरक्षात्मक रुपमा प्रस्तुत हुने एक नेताले बताएका छन् ।

यसैवीच, एमाले अध्यक्ष तथा प्रधानमन्त्री झलनाथ खनालले एमालेमा गुटबन्दी, भ्रष्टाचार र अराजकता बढेकाल यसलाई तत्काल रोक्नुपर्ने बताउनुभएको छ ।

काभ्रेको धुलिखेलामा आज शनिबार  देखि शुरुभएको कार्यशालामा खनालले केही मानिस अध्यक्षको भूमिका कमजोर बनाउन लागिपरेको बताउनुभयो । उहाँले विद्रोहबाट आएकाले शान्ति प्रक्रियाको अगुवाई माओवादीले नै गर्नुपर्ने बताउनुभयो । भेलामा बरिष्ठ नेता माधव नेपालले अरु दलको गाथा गाएर र पक्षपोषण गरेर एमाले उभो नलाग्ने बताउनुभयो । उहाँले माओवादीले संविधान लेख्‍न नचाहेकै कारण शान्ति प्रक्रियाले गति लिन नसकेको बताउनुभयो ।

त्यसैगरी एमालेका अर्का स्थायी समिति सदस्य केपी ओलीले सरकारले सत्ताको दुरुपयोग गरेर एमालेका केही युवा नेतालाई फसाएको आरोप लगाउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]