तलव भत्तालाई लिएर माओवादी मजदुर आन्दोलित


YYY

 साउन ३ काठमाडौं। एकीकृत माओवादी निकट झण्डै एक दर्जन बिभिन्न मजदुर संगठनले न्युनतम पारिश्रमिक तथा भत्ता नदिन र नदिलाउन नेपाल उद्योग वाणिज्य महासंघले घोषणा गरेकामा बिरोध गर्दै संघर्षका कार्यक्रम सार्वजनक गरेका छन् ।

मजुदर संगठनका प्रमुख नेताहरुले मंगलबार  संयुक्त रुपमा विज्ञप्ती जारी गरेर महासंघले बृद्धि भएको तलव, भत्ता र पारिश्रमीक नदिने भनेर सूचना जारी गरेकोमा बिरोध जनाएको हो । उनिहरुले मजदुरको हकहित र नेपाल सरकारको कानून प्रदत्त अधिकारमाथि प्रहार गरिएको जनाएका छन् ।

आर्थिक बर्ष ०६८/०६९ को लागि प्रस्तुत बजेटमा श्रमिकहरुको हकहित तथा उद्योग एवं श्रमिकहरुको रोजगार क्षेत्र प्रवद्र्धनको मुद्धा सम्बोधन हुनुपर्नेमा हित विपरित अत्यावश्यक सेवाको नाममा श्रमिकहरुलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनहरुद्धारा प्रदत्त अधिकार हनन् गरेको विज्ञप्तीमा उल्लेख छ ।

मजदुर संगठनहरुले सार्वजनिक गरेको संघर्षका कार्यक्रम अनुसार साउन ५ गतेदेखि प्रत्येक उद्योग प्रतिष्ठानका कार्यस्थलमा कालो झण्डा राखी हातमा कालो पट्टी बाध्ने, ६ गते प्रतिष्ठानमा गेटसभा गर्ने, साउन ८ गते मागसहितको प्ले कार्ड लगाई काम गर्ने लगायतका रहेका छन् ।

संयुक्त विज्ञप्ती जारी गर्नेमा अखिल नेपाल क्रान्तिकारी टे«ड युनियन महासंघका संयोजक बद्री बजगाई, अखिल नेपाल टे«ड युनियन महासंघ पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समिति सदस्य लालध्वज नेम्वाङ्, नेपाल समावेशी टे«ड युनियन महासंघ अध्यक्ष इन्द्र देव मिश्र लगायतका रहेका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]