माओबादीका बैद्य–भट्टराई पक्षधर नेताहरुको गोप्य छलफल


YYY
 असार २८ काठमाडौं। केन्द्रीय समिति बैठकको पूर्वसन्ध्यामा एकीकृत नेकपा माओवादीका उपाध्यक्षद्वय मोहन बैद्य र डाक्टर बाबुराम भट्टराईबीच गोप्य छलफल भएको छ ।

उपाध्यक्ष्द्धय बैद्य र भट्टराईबीचको गोप्य छलफल पछि अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सहितको छलफल पुनः भएको छ । ललितपुर धोविघाटस्थित सिद्धार्थ कटेज रेष्टुरेण्टमा उपाध्यक्षद्वय बैद्य र भट्टराईबीच बुधबार बस्ने केन्द्रीय समितिको बैठकमा लिइने रणनीतिका विषयमा छलफल भएको सचिव सीपी गजुरेलले जानकारी दिनुभयो छ ।

अध्यक्ष पुष्पकमल दाहालले कहिले बैद्य त कहिले भट्टराईलाई साथ लिएर निर्णय गर्दै आएकामा अहिले भने उपाध्यक्ष बैद्य र भट्टराईबीच अल्पकालीन कार्यगत एकता भएको छ । यस एकतासंगै अध्यक्ष दाहाल केन्द्रीय समितिको बैठकमा अप्ठेरोमा पर्ने स्थिति बनेको छ ।

अध्यक्ष दाहाल र उपाध्यक्ष बैद्यबीच भएको सैद्धान्तिक मतभेद नेताहरुको कार्य विभाजनमा अल्झिएपछि बैद्य र भट्टराईबीच अर्को कार्यगत एकता निर्माण भएको हो । बैद्यलाई संगठन विभाग प्रमुख, भट्टराईलाई सरकार र सदनको जिम्मेवारी, महासचिव रामबहादुर थापालाई सैन्य इन्चार्जको जिम्मेवारी दिनुपर्ने माग बैद्य–भट्टराई पक्षले राख्दै आएका छन् ।

छलफलमा उपाध्यक्ष्ँद्धय मोहन बैद्य र डाक्टर बाबुराम भट्टराई पक्षधर नेताहरु रहेको बुझिएको छ । भेलामा उपाध्यक्ष मोहन बैद्य, डाक्टर बावुराम भट्टराई, भौतिक योजना तथा निर्माण मन्त्री टोपबहादुर रायमाझि, नेत्रविक्रम चन्द, देव गुरुङ, देवेन्द्र पौडेल, राम कार्की लगाएतका नेताहरुको सहभागिता रहेको छ ।

यसै बीच, माओवादीका अर्का उपाध्यक्ष्ँ नारायणकाजी श्रेष्ठ सहितको छलफल पनि ललितपुरमै भएको छ । उपाध्यक्ष्ँद्धय बैद्य र भट्टराईको गोप्य छलफल पछि उपाध्यक्ष श्रेष्ठको निवास सानेपामा तीन उपाध्यक्ष्ँबीच छलफल भएको बुझिएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]