चुनावमा जानुको विकल्प नरहेको राप्रपा नेपालका अध्यक्ष थापाको दावी


YYY
 साउन ८ मकवानपूर ।  पटकपटक संविधानसभाको म्याद थपेर असंवैधानिक कदम चालेको आरोप लगाउँदै आइरहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले जतिपटक म्याद थप गरे पनि संविधान नबन्ने भएकाले अब नयाँ चुनावमा जानुको बिकल्प नरहेको दावी गर्नुभएको छ । 

 संविधानसभामा एक सय अर्ब रकम खर्च गरिए पनि त्यसको उपलब्धी शून्य रहेको बताउनुभयो ।  शान्ति प्रक्रिया र संविधान निर्माणको दिशा गलत रहेकाले यतिखेर मुख्य तीन राजनीतिक दलहरुबीच आन्तरिक विवाद बढ्दै गएको अध्यक्ष थापाले बताउनुभयो । 

उहाँले जनआन्दोलनमा जनतालाई सडकमा ल्याएर ठूला ठूला सपना देखाएका राजनीतिक दलहरुले सोचेजस्तो कुनै पनि काम गर्न नसकेपछि एकापसमा मारामारको अबस्था आएको प्रतिक्रिया दिनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]