सैनिक कल्याणकारी कोषको संचालन पारदर्शी ढंगले भइरहेको नेपाली सेनाको भनाइ


YYY
असार २६ काठमाडौँ।  नेपाली सेनाले सैनिक कल्याणकारी कोषको संचालन पारदर्शी ढंगले भइरहेको बताएको छ । व्यबस्थापिका संसदको सार्वजानिक लेखा समितिमा प्रधानसेनापति छत्रमानसिंह गुरुङले कोषको संचालन पारदर्शी भएको बताउनु भएको हो ।

तीन दशकअघि सुरु भएको कोष संचालनमा विगतमा केहि समस्या देखिएपनि सुधार भइरहेको उहाँको भनाइ छ। सेनाले विभिन्न बैंकमा रहेको कल्याणकारी कोषको रकम सुरक्षित रहेको उल्लेख गरेको छ । त्यस अवसरमा कोषका योजना निर्देशक पूर्णचन्द्र थापाले मुख्यतः शान्ति सेनामा गएका सैनिकवाट आउने रकमबाट कल्याणकारी कोष संचालन भइरहेको जानकारी दिनुभयो ।

 सेनाले कल्याणकारी कोषको रकमबाट चितवन वा मकवानपुरमा महाविद्यालय गठन गर्ने योजना बनाएको बताएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]