मधेसी मोर्चाले यथास्थितिमा बजेट ल्याउन नदिने


YYY
३० असार, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आफ्नो मागबारे सरकारले ठोस प्रतिवद्धता नजनाएको भन्दै यथास्थितिमा बजेट ल्याउन नदिने निर्णय गरेको छ ।

संविधानसभा भवन नयाँबानेश्वरमा बिहीबार बसेको बैठकले यथास्थितिमा बजेट ल्याउन नदिने निर्णय गरेको हो । मोर्चाले आफ्ना मागबारे ठोस प्रतिवद्धता नआए अर्थमन्त्रीलाई रोष्टमसम्म पुग्नै नदिने सद्भावना पार्टीका सह-अध्यक्ष लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो । मोर्चामा फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक, तमलोपा, तमलोपा नेपाल र सद्भावान पार्टी आवद्ध छन् ।

मधेसी मोर्चाले मोर्चाले हुलाकी मार्ग निर्माण, पूर्वपश्चिम रेलमार्ग, चुरे संरक्षण कार्यक्रम, मधेस आन्दोलनका सहिदहरुको नाममा विद्यालय खेल्नु पर्ने र प्रतेक विद्यालयलाई ५० लाख रुपैयाँ दिनु पर्ने माग गरेको छ ।

यसैगरी कृषकले वित्तीय संस्थाबाट लिएको एक लाख रुपैयाँसम्मको ऋण तथा ब्याज मिनाहा गर्नु पर्ने र त्यसमाथिको ऋण तथा ब्याजमा सहुलियतपूर्ण व्यवस्था अपनाइनुपर्ने, सीमा क्षेत्रमा सय रुपैयाँसम्मका सामान ल्याउँदा कर तिर्नु पर्ने व्यवस्था खारेज गर्नु पर्ने, राजषिर् जनक र नेपालगञ्ज तथा वीरगञ्जमा विश्वविद्यालय खोल्न बजेट विनियोजन गर्नु पर्ने माग अघि सारेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]