सिन्धुलीमा अवैध संचालित ६ औषधी पसलमाथी प्रतिवन्ध


YYY

एसवी गौतम,साउन ९,सिन्धुली

जिल्ला प्रशासन कार्यालयमा आईतवार वसेको जिल्ला अनुगमन समितीको वैठकले नेपाल सरकारवाट अनुमति नलिई संचालन गरिका कमलामाई नगरपालीका भित्रका छ वटा औषधी पसललाई औषधी विक्रीवितरण गर्न प्रतिवन्ध लगाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय मुद्धा शाखाका मनोज राईले दिएको जानकारी अनुसार विना इजाजत संचालन नभएका औषधि पसलहरुमा कमलामाई नगरपालीका-२ खट्टारको शान्ति मेडीकल हलनेपाल डेन्टल हाइजेनिष्टकमलामाई नगरपालीका-६गिताकुमारी न्यौपाने कमलामाई नगरपालीका-५ मिलनचौंक,सिड्स नेपाल सिन्धुली कमलामाई नगरपालीका-६साजन डेन्टल क्लिनिक कमलामाई नगरपालीका-६ तथा अम्वीका मेडीकल हल कमलामाई नगरपालीका-६ वव्लु चौधरीको औषधी पसल रहेका छन् ।

 नेपाल सरकारवाट अनुमति नलिइ संचालन भएका औषधी पसलहरुलाई तत्काल कारवाही गर्न जिल्ला प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयलाई निर्देशन गरिएको छ । औषधी जस्तोसम्वेदन शिल चिजलाई नेपाल सरकारको अनुमति विना विक्री  गर्न नपाइने उपभोक्ता मन्चका अध्यक्ष अच्युक्तम ढकालले वताउनुभयो । त्यस्ता औषधी पसलवाट विक्री भएको औषधीले मानिसको ज्यानजान सक्ने ठहर अनुगमन समितीले गरेकॊले त्यस्ता औषधी पसललाई तत्कालप्रतिवन्ध गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी वेणीमाधव ज्ञावालीले बताउनुभयो ।

 औषधी विक्री गर्न प्रतिवन्ध लगाईएका छ वटै पसलले नेपाल सरकारको सम्वन्धी निकायवाट औषधी विक्री गर्ने अनुमति पत्र ल्याए पछि उनीहरुलाई पुन औषधी पसल संचालन गर्न दिइने प्रजिअ ज्ञावालीले वताए । जिल्ला अनुगम समितीको सोही वैठकले म्याद नाँघेका औषधि अनुगमनका क्रममा भेटिएकाले  अमरेश मेडिकल हलवेवि मेडिकल हलमरिण ठाकुर मेडिकल हल कमलामाई नगरपालीका-६ स्टल वजार र कमलामाई शोसीएल हस्पीटल कमलामाई नगरपालीका-१२ भिमानलाई स्पस्टिकरण सोध्ने निर्णय गरेको राइले बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी मेणिमाधव ज्ञावालीको अध्यक्षतामा भएको अनुगमन समितीको सो वैठकमा सहायक प्रमुख जिल्ला अधिकारी विमल पोखरेलजिल्लाविकास समितीका स्थानिय विकास अधिकारी गणेश ज्ञावालीकमलामाई नगरपालीका कार्यकारी अधिकृत भुपाल वरालउद्योग वाणिज्य संघका अध्यक्ष मीनवहादुर श्रेष्ठउपभोक्ता मन्चका जिल्ला अध्यक्ष अच्युत्तम ढकालजिल्ला प्रहरी कार्यलयका प्रहरी नायक उपरिक्षक लोकेन्द्र श्रेष्ठसशस्त्र प्रहरी वेस क्याम्प सिन्धुलीका प्रहरी नायक उपरिक्षक अर्जुन कार्कीजिल्ला अस्पताका डाक्टर छविलाल थापामगर को उपस्थिती रहेको थियो । 

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]