धादिङ बेसी मा शान्ति समितिको कार्यक्रम


YYY
विगतमा भएको द्वन्द र तिक्ततालाई भुलेर आगामी दिनमा सबै मिलेर अघि बढ्नुपर्ने हिजो धादिङबेसीमा आयोजित एक कार्यक्रमका सहभागिले बताएका छन् । शान्ति समिति धादिङको आयोजनामा स्थानीय शान्ति समितिका पधाधिकारीहरु र द्वन्दरत पक्षबीच मेलमिलाप र पुनर्मिलन कार्यक्रममा बोल्ने बक्ताहरुले सो कुरा बताएका हुन् । शान्ति समिति धादिङका संयोजक रामनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा शान्ति समितिका सदस्यहरु राजनीतिक दलका प्रतिनिधिहरु र संघ-संस्थाका प्रतिनिधिहरुले द्वन्दले पारेको प्रभाव र शान्ति स्थापनाको विषयमा मन्तव्य राखेका थिए । द्वन्द पिडितहरुको उचित व्यवस्थापन हुन नसकेको बेपत्ता नागरीकहरुको अहिलेसम्म पनि खोजीहुन नसकेको लगायतका विषयमा सहभागिहरुले चिन्ता व्यक्त गरेका थिए । केन्द्रीय स्तरमा जे भएपनि स्थानीय स्तरमा राजनीतिक दलहरु मिल्नुको विकल्प नरहेकोमा सहभागिहरुको जोड थियो ।


श्रोत रेडियो बिहानी

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]