बेलायतमा अपरिचित व्यक्तिको इट्टा प्रहारबाट नेपालीको हत्या


YYY
 असार २५ लन्डन। बेलायतमा काम  गर्दै आइरहेका एक नेपालीको बिहिबार हत्या भएको छ  । घरबाट  काममा निस्कंदै गर्दा  राजविराजका स्थायी वासिन्दा उमेश चौधरीको अपरिचित  व्यक्तिको इट्टा प्रहारबाट हत्या भएको हो ।

घरबाट  निस्कने वित्तिकै विना निहुं चौधरीको टाउकोमा विभत्स  तरिकाले आक्रमण भएको प्रत्यक्षदर्शी गुल्मी रुपाकोटका सुरज भण्डारीले जानकारी दिनुभयो । भण्डारीले चौधरीको कसैसंग रिसइवी भएको आफूले थाहा नपाएको पनि बताए । चौधरी र भण्डारी सात महिना यता डेनेट रोडस्थित एउटै घरमा बस्थे । आक्रमणपछि चौधरीको मोवाइल र व्याग सडकमै छरपष्ट भएको जनाउंदै भण्डारीले आफूलाई समेत हिर्काउन खोजेको बताउनुभयो ।

घट्ना भएको आधा घण्टापछि आइपुगेको लन्डन एम्बुलेन्समा राखेर सेन्ट जोर्ज अस्पताल लगिएका चौधरीलाई चिकित्सकले दिउँसो सांढे एक बजे मृत घोषित गरेका थिए ।

१५ मिनेटमा घट्नास्थल पुगेको प्रहरीले हत्यारा १८ वर्षीय अफगानी युवालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको छ । प्रहरीले उसको मानसिक स्वास्थ ठिक भए नभएको पनि जाँचिरहेको जनाएको छ । प्रहरीले हत्याबारे थप जानकारी उपलब्ध गराएर अनुसन्धानमा सघाउन सबैलाई आगह गरेको छ । चिफ सुपरिटेन्डेन्ट एडियन रोवर्टसले घट्नाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा सहानुभुति प्रकट गरेका छन् ।

चौधरीका श्रीमती, एक छोरा र एक छोरी छन । चौधरी सन् २००२ देखि सो स्टोरमा नियमित काम गर्दै आएको पारिवारिक श्रोतले जनाएको छ । श्रीमती गत वर्षको दशैंमा मात्र बेलायत आएकी थिइन । घट्नापछि सिंगो परिवार र नेपाली समाज विक्षिप्त छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]