कांग्रेस यहि सरकारमा जानु पर्नेमा नेतृ कोइरालाको जोड


YYY

 साउन ४ काठमाडौ। नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले राम्रो मन्त्रालय लिएर बर्तमान खनाल नेतृत्वको सरकारमा सहभागी हुनु पर्ने बताउनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले बुधबार  राजधानीमा गरेको साक्षात्कारमा कोइरालाले कांग्रेस सरकारमा नगए राजनीतिमा पछि पर्ने बताउनुभयो । कांग्रेसले प्रधानमन्त्रीको लोभ त्यागेर झलनाथ खनाल नेतृत्वकै सरकारमा सहभागी भए उपयूक्त हुने भन्दै कोइरालाले माओवादी अध्यक्ष प्रचण्डको नेतृत्व हुने भए पनि काग्रेसले समर्थन गर्नु पर्ने बताउनुभएको छ ।

केन्द्रीय सदस्य कोइरालाले प्रधानमन्त्री बन्न संसदीय दलको नेता बन्नै पर्ने बाध्यता नरहेको जिकिर गर्दै अहिले संसदीय दलको नेता परिवर्तनको आवश्यकता नरहेको समेत बताउनुभएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]