मधेशी मोर्चा र थारुहटवीच सहकार्यको प्रयास


YYY
असार २८ काठमाडौं  । तराईको माग र मुद्धाका सम्बन्धमा संयुक्त लोकतान्त्रिक मेधशी मोर्चा र थरुहट स्वायत्त राज्य परिषद् मिलेर जाने सैद्धान्तिक सहमतिमा पुगेका छन् । उनिहरुले राज्यपुर्नसंरचना लगायतका अधिकारमा सहकार्य गर्नुपर्ने निष्कर्ष निकालेको नेताहरुले बताएका छन् ।

काभ्रेको धुलिखेलमा हिजो र आज २ दिन चलेको छलफलमा राज्य पुनःसंरचना लगायतका विषयमा साझा धारणा तय गर्न कार्यदल गठन गर्ने सहमति भएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले जानकारी दिनुभयो । उहांले थारुहटसंगको छलफल सकारात्मक रुपमा अघि बढेको भन्दै दुबै पक्षबाट आ–आफ्नो धारणा राख्ने काम भएको उल्लेख गर्नुभयो ।

छलफलमा नेताहरुले अधिकार प्राप्तका लागि मिलेर जानुको विकल्प नरहेको निष्कर्ष निकालेका छन् । अध्यक्ष महतोले मधेसवादी दल र थारुहरुबीच सहकार्य गरेर जाने बारेमा सैद्धान्तिक सहमति भएको दाबी गर्नुभयो ।

दुई दिनसम्म काभ्रेको एक होटेलमा चलेको छलफलमा मोर्चाका ५ दलका शीर्ष नेता र थरुहटका अध्यक्ष लक्षण थारु लगायतका नेताहरुको सहभागिता रहेको थियो । यस अघि पनि लक्ष्मण थारुले केही मधेशवादी दलसंग मिलेर जाने सहमति गरेपनि पछि सहकार्य तोड्नु भएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]