एनआरएनएको छैटौ क्षेत्रीय सम्मेलन मस्कोमा सुरु


YYY
 साउन ७ मस्को। गैरअवासीय नेपाली सघं अन्तर्राष्ट्रिय परिषद् (एनआरएनए)को छैटौ  क्षेत्रीय सम्मेलन आज शनिबार देखि  रुसको राजधानी मस्कोमा सुरु भएको छ। गैरआवासीय नेपाली सञ्जालको सम्बर्द्धन नेपालको प्रवर्द्धन भन्ने मूल नाराका साथ सम्मेलन सुरु गरिएको हो ।

सम्मेलनको उद्‍घाटन उपप्रधानमन्त्री उपेन्द्र यादव र मस्को स्टेट डुमाका सभामुख प्लाटोनभ भिएमले संयुक्त रुपमा गर्नु भयो । उद्‍घाटन कार्यक्रममा सभासद जयराम यादव, रस्साका लागि नेपाली राजदूत सुर्यकिरण गुरुङ, एनआरएन अध्यक्ष देवमान हिराचन, नेपाल उधोग बाणिज्य महासघंका अध्यक्ष कुश कुमार जोशी र संस्थापक अध्यक्ष डा उपेन्द्र महतोले मन्तब्य राख्नु भएको थियो ।

सम्मेलनमा तीस देशका चार सय प्रतिनिधिले भाग लिइरहेका छन्।  सम्मेलन पाँच दिन सम्म चल्ने छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]