सोमालियामा भोकमरीबाट ३५ लाख मानिसको मृत्यु हुनसक्ने राष्ट्रसंघले चेतावनी


YYY
 साउन ११ एजेन्सी।  खडेरी प्रभावित सोमालियामा भोकमरीका कारण ३५ लाख मानिसको मृत्यु हुनसक्ने राष्ट्रसंघले चेतावनी दिएको छ । सोमालियाका विदेशमन्त्री मोहम्मद इब्राहिमले भोकमरीबाट आफनो देशका ३५ लाख मानिसको ज्यान जान लागेको भन्दै विश्वको ध्यानाकर्षण गराएपछि सहयोग सामग्री संकलन भएको छ । 

संयुक्त राष्ट्रसंघीय नियोग विश्व खाद्य कार्यक्रमले सुख्खा प्रभावित क्षेत्रका मानिससम्म खाद्यान्न पु¥याउन प्रशासनिक कारणले ढिलो भएको जनाएको छ । सहयोग सामग्री लिएर राष्ट्रसंघका विमानहरु सोमालियाको राजधानी मोगाडिसु प्रस्थान गर्ने तयारीमा छन् । अलकायदा सम्बद्ध सोमालियाको विद्रोही समूह अल शबाबले सहयोगको नाममा राष्ट्रसंघले राजनीति गर्न खाजेको भन्दै राष्ट्रसंघीय टोलीलाई प्रवेशमा प्रतिबन्ध लगाएको छ । संयुक्त राष्ट्रसंघले सोमालियाका दुई भूभागलाई संकटग्रस्त क्षेत्र घोषणा गरेपछि सोमालियाप्रति विश्व समुदायको चासो बढेको हो । 

संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी नियोगका अनुसार ४० हजार मानिस खाद्यान्न र खानेपानीको खोजी गर्दै राजधानी मोगाडिसु आइपुगेका छन् । भोकमरी पीडित हजारौं सोमालीहरु राजधानी नजिकै शिवर बनाएर बसेका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]