सार्वजनिक सुनुवायी सम्पन्न


YYY
नीलकण्ठ गाउँ विकास समितिको सेवा प्रवाह र धादिङवेशी बजारको ब्यवस्थापनका विषयमा आज धादिङवेशीमा सार्वजनिक सुनुवाई तथा बहस कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ धादिङको सुशासनका लागि साचार अभियान अन्तर्गत साचालित कार्यक्रममा नीलकण्ठ गाविसका सचिब टेकराजपन्थीले गाविसले प्रदान गरेको सेवा सुविधाको बारेमा जानकारी गराउनुभएको थियो ।
गाविसका दलीय संयन्त्रका सदस्यहरुको तर्फबाट पूर्व गाविस अध्यक्ष नन्दप्रसाद रिजाल एकिकृत माओवादीका रामकुमार शाह नेकपा एमालेका बेदबहादुर खाँड लगायतले गाविस संयन्त्रको निर्णय अनुसार भएको काम र गतिविधिका बारेमा जानकारी गराउनुभएको थियो । सो अवसरमा धादिङवेशी बजारको ब्यवस्थापन र शहरी विकासका बारेमा सहभागिहरुले उठाएको सवालमा एकीकृत नेकपा माओवादी धादिङका सह-इाचार्ज रामबहादुर भण्डारी नेपाली कांग्रेसका जिल्ला सभापति रामनाथ अधिकारी नेकपा एमालेका कृष्णप्रसाद अर्याल नेकपा एकिकृतका शिवनीधि खनाल जनशक्ति पार्टीका नन्दप्रसाद काप्री र राप्रपाका भीमबहादुर दर्लामी मगरले आ-आफ्नो दलको धारणा राख्नुभएको थियो ।
कार्यक्रममा उद्योग वाणिज्य संघका मध्यमााचल क्षेत्रीय अध्यक्ष ध्रुबबहादुर थापा नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सितारामप्रसाद बर्मा होटल ब्यवसायी अशोक श्रेष्ठ लगायतले धादिङ बजारको शहरी विकास खानेपानी र सरसफाई लगायतका क्षेत्रमा सम्बन्धित निकायले तत्काल सुधार गर्नुपर्ने धारणा राख्नुभएको थियो । कार्यक्रम रिम्स नेपाल आड्रा नेपाल र उद्योग वाणिज्य संघ धादिङको सहयोगमा सम्पन्न भएको हो ।


रेडियो बिहानी

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]