जनताको संविधान लेख्‍न नदिन प्रतिक्रियावादी शक्तिहरुले षड्यन्त्र गरिरहेको प्रचण्डको आरोप


YYY

 साउन १३ काठमाडौँ । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डले संविधानसभाबाट जनताको संविधान लेख्‍न नदिन प्रतिक्रियावादी शक्तिहरुले षड्यन्त्र गरिरहेको बताउनु भएको छ । उहाले  आफूहरु क्रान्तिको सफलताको नजिक पुगेको भन्दै प्रतिक्रान्तिको खतराबाट नेपाललाई जोगाई जनवादी क्रान्तिलाई सफल पार्न क्रान्तिकारी शक्तिहरु एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । 

नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनका योद्धा देवेन्द्रलाल श्रेष्ठ 'काइँलाबा' को ८९औं वर्ष प्रवेशका अवसरमा उनको जनअभिनन्दन गर्न शुक्रबार ललितपुर मा  आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले शान्ति र संविधान लेखनका लागि जनताको खबरदारीको आवश्यकता औँल्याउनुभयो ।

अध्यक्ष प्रचन्डले कम्युनिष्ट आन्दोलनका योद्धा काइँलाबाले कम्युनिस्टहरुको टुट र फुटको राजनीतिले अहिले विकराल अवस्था लिएको भन्दै देश र गरिब जनताका पक्षमा काम गर्न नेताहरुलाई आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा एमाओवादीका उपाध्यक्षहरु मोहन वैद्य, डा. बाबुराम भट्टराई, नारायणकाजी श्रेष्ठलगायतका केन्द्रीय नेताहरुको उपस्थिति थियो।

नेपाली प्रजातान्त्रिक आन्दोलनका योद्धा, जनपक्षीय क्रान्तिप्रति सदैव समर्पित कम्युनिष्ट आन्दोलनको जिउँदो इतिहासका रुपमा रहनुभएका काइँलाबाको जन्म वि.सं. १९८० असारमा पाटन मङ्गलबजारमा भएको थियो। 
- रासस 

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]