प्याब्सनको २० दिने अल्टिमेटम सहित सम्पूर्ण शैक्षिक संस्था ढप्प पार्ने गरी आन्दोलनको घोषणा


YYY
 असार २७ काठमाडौँ । नीजि तथा आवसीय विद्यालय अर्गनाईजेशन नेपाल प्याब्सनले २० दिने अल्टिमेटम सहित सम्पूर्ण शैक्षिक संस्था ढप्प पार्ने गरी आन्दोलनको घोषणा गरेको छ ।प्याब्सनले अगाडि सारेको पाँच बुँदे माग पुरा नभए आगामि साउन १५ गतेदेखि मुलुकभरीका सम्पूर्ण शैक्षिक संस्था ठप्प पार्ने गरी आन्दोलन गर्ने चेतावनी दिएको हो । सोमवार काठमाडौंमा पत्रकार सम्मेलन गरि नेपाल प्याब्सनले आन्दोलनको चेतावनि दिएका हुन् ।

प्याब्सनले शिक्षा क्षेत्रलाई घोषणा गरिएको शान्ति क्षेत्र तत्काल कार्यान्वयन गरी शिक्षा क्षेत्रमा हुने राजनीतिक हस्तक्षेप, बन्द हडताल तत्काल अन्त्य गर्नुपर्ने, नीजि विद्यालयबाट अध्ययन गरेका विद्यार्थीहरुलाई पनि सरकारी छात्रबृत्तिमा प्रतिष्पर्र्धाको अवसर दिनु पर्ने, सरकारले गठन गर्ने शिक्षा क्षेत्रसम्बन्धी समिति र उपसमितिमा निजी शैक्षिक संस्थाका संघसंस्थाको प्रतिनिधित्व सुनिश्चित गर्नु पर्ने, एक प्रतिशत शिक्षा सेवा शुल्क तत्काल हटाउनु पर्ने र कम्पनी रष्टिारमा विभिन्न कारण दर्ता हुन नसकेका विद्यालयलाई कुनै जरिवान वा अतिरिक्त शुल्क नलिई दर्ता गर्ने बातावरण बनाउनु पर्ने माग अगाडि सारेको छ । 

पत्रकार सम्मेलनमा बोल्दै प्याब्सनका अध्यक्ष राजेश खड्काले मुलुकमा उत्कृष्ट शिक्षा र सक्षम जनशक्ति उत्पादन गरिरहेको नीजी क्षेत्रलाई सरकारले दमन गरेर राखेको बताउनु भयो ।उहाँले ४५ प्रतिसत छात्र बृत्ति कोटामा नीजी क्षेत्रलाई समावेश नगर्नु र एक प्रतिसत शिक्षा कर लगाउनु ले सरकार उत्कृष्ट शिक्षा भन्दा पनि राजनीति लादन मात्रै अघि सरेको दावी गर्नुभया । 

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]