वादी समूदायप्रति सरकार संबेदनशिल नभएको आरोप


YYY

असार २९ काठमाडौं । एनेकपा माओवादीका सभासद् हरि श्रीपाईलीले दलितमा भित्र पनि अति पीछडिएका दलित समूदाय वादी समूदायप्रति सरकार सम्वेदनशील नभएको आरोप लगाएका छन्।  वादी महिलाहरुको दोस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति केन्द्रीय कार्य समितिले दुई दिने कार्यशालाबाट आएका निष्कर्ष सार्वजनिक गर्न आयोजना बुधवार राजधानीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै श्रीपाईलीले भने–भोली आउने बजेटमा वादी समूदायहरुको लागि शिक्षा, स्वास्थ्य, आय आर्जनका प्याकेजहरु सुनिश्चित हुनु पर्दछ ।

वादीहरु पछि पारिएको सिमान्तकृत जातीय समूदाय भएको भन्दै बाध्यतावस जिवीकोपार्जनका लागि यौन पेशामा संलग्न भएका पूर्व यौनकर्मीहरु वादी महिलाहरुसामाजिक, साँस्कृतिक, आर्थिक तथा राजनैतिक संरचनाका कारण जोखिमपूर्ण जीवनयापन गर्नुपरेको गुनासो पोखे ।

उनीहरुले लामो समयसम्म आप्mनो मागका निम्ति संघर्ष आएको र सरकारले पनि सहमति र प्रतिवद्धता गर्दै आएपनि अपेक्षित रुपमा कार्यान्वयन नभएको गुनासो गदर्व्यवस्थापिका संसदको महिला बालबालिका तथा समाजकल्याण समिति अन्तर्गत गठित वादी महिलाहरुको वर्तमान अवस्था र समस्या समाधान अध्ययन कार्यदलले गत फागुन २० गते देखि २६ गतेसम्म विभिन्न जिल्लामा गरेको अध्ययनको प्रतिवेदन नेपाल सरकारसँग पेश गरिसकेकोले कार्यान्वयनको माग पनि गरेका थिए ।

वादी महिलाहरुको दोस्रो राष्ट्रिय सम्मेलनले व्यवस्थापिका संसद्को बालबालिका तथा समाजकल्याण समिति अन्तर्गत वादी महिलाहरुको वर्तमान अवस्था र समस्या समाधान अध्ययन कार्यदले सिफरिश गरे अनुसार नेपाल सरकारद्वारा छिटो भन्दा छिटो वादी विकास वोर्ड गठन गर्न गरिनुपर्ने, वादी समूदायका पूर्व यौनकर्मी महिला र उनका परिवारको पुनस्र्थापनाका लागि पुनस्र्थापना प्याकेज कार्यान्वयनका लागि कार्यक्रम तयार गर्न नेपाल भरी रहेको पूर्व यौनकर्मी महिलाहरुको एकीन तथ्यांक संकलन गरी दीर्घकालीन कार्यक्रम तयार गर्नुपर्ने जस्ता चार सूत्रीय माग अघि सार्ने निश्कर्ष निकालेका छन् ।

पत्रकार सम्मेलनमा दलित महिला एकता केन्द्रकी अध्यक्ष निर्मला गुप्ताले भनिन्– वादी महिलाहरुलाई समाजले कलंकको रुपमा हेरिने गरेका कारण उनीहरुको जीवनयापन कठिन बन्दै गएको छ, छिटोभन्दा छिटो उनीहरुको वाच्नपाउने अधिकार सुनिश्चित गरियोस् ।

कार्यक्रममा राष्ट्रिय वादी महिला अधिकार संघर्ष समितिकी अध्यक्ष जहरा वादी, वादीअगुवा कल्पना वादी, भूमिहीन वस्ती अगुवा रमा वादी र कलावती नेपालीले पनि धारणा राखेका थिए ।



भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]