मध्यपश्चिममा एकवर्षमा १ सय ३३ बन्द हड्ताल


YYY
 साउन १० नेपालगञ्ज।  मध्यपश्चिम क्षेत्रका पछिल्लो एक वर्षमा १ सय ३३ वटा बन्द हड्तालका घटना भएका छन् । राष्ट्रिय मानवअधिकार आयोग क्षेत्रिय कार्यालय नेपालगन्जका अनुसार राजनीतिक दल, दलका भातृसंगठन, विभिन्न संघसंस्था र समुदायले बन्द हड्ताल आव्हान गरेका हुन् । 

समयमै संविधान निर्माणका लागि दबाब दिन, संविधानमा समुदायका अधिकार समावेश गरिनुपर्ने, सम्बद्ध निकायको ध्यानाकर्षण गराउन बन्द हड्ताल आव्हान गरिएको आयोगका क्षेत्रिय निर्देशक मुरारी खरेलले जानकारी दिनुभयो । यसैबीच आयोगले गरेका अधिकाँश सिफारिस सरकारले कार्यान्वयण गरेको छैन । क्षेत्रिय कार्यालयले ७६ वटा उजुरीहरुमा दोषीलाई कारवाही र पीडितलाई राहत र क्षतिपूर्तिका लागि सिफारिस गरेपनि सबै सिफारिस कार्यान्वयन हुन नसकेको आयोगले जनाएको छ । 

आयोगको सिफारिसअनुसार सबैलाई राहत तथा क्षतिपूर्ति नदिइएको र दोषीमाथि कारवाही नभएको निर्देशक खरेलले बताउनुभयो । आयोगले आज नेपालगन्जमा गरेको कार्यक्रममा दिएको जानकारीअनुसार पछिल्लो एक वर्षमा मध्यपश्चिममा ३८ जनाको हत्या भएको छ । २३ जनाको अपहरण तथा कव्जा, बम बिष्फोटनका ४८ वटा घटना भएका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णचन्द्र घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरिक्षक दिनेश अमात्यलगायतले मानवअधिकारको पालनाका लागि प्रतिबद्ध भएको बताउनुभयो ।


भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]