साउन १५ अर्थात खिर


YYY
एसवी गौतम, १५ साउन,सिन्धुली


आज साउन १५, देशभर खिर खाएर यो पर्व मनाईदैछ । असार १५ मा दहि चिउरा साउनमा खिर भन्ने नेपाली चलन अनुसार नेपालीले साउन १५ मा खिर खाने गर्दछन् । आफ्ना परिवार आफन्त छिमेक ईष्टमित्रसंग बसेर रमाईलो गरी खिर खाएर यस पर्व मनाईदैछ ।

सिन्धुलीका कमलामाईकालिकामाईलगायत धार्मिक स्थलहरुमा पुजापाठ गर्न सर्वसाधारणको पनी चहलपहल वढेको छ । नेपालभर भने साउनशुक्ल प्रतिपदाका दिनदेखि एक महिनासम्म स्वयम्भूमा विशेष मेलाका साथ मनाइने ुगँुला पर्वु आजैदेखि सुरु हुँदैछ ।

नेवार समुदायका बौद्ध अनुयायीले एक महिनाको अवधिलाई शाक्यमुनि गौतम बुद्धले बुद्धत्व प्राप्त गरेको पवित्र महिनाका रुपमा लिने गर्छन् । नेवारी भाषामा "गुँ" को अर्थ नौ हो भने ुलाुको अर्थ महिना हो । उनीहरुले स्नान गरी बाजागाजासहित भजन गाउँदै स्वयम्भू महाचैत्य प्रतापपुर अनन्तपुरलगायतको दर्शन गर्ने र त्यस आसपास क्षेत्रको सम्पूर्णस्थलको परिक्रमा गर्ने चलन छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]