परीक्षामा पास गराउँछु भनेर ठगी गर्ने प्रहरी खोरमा


YYY


सुनिल ठाकुर,साउन ३ सर्लाही

प्रवेशिका परीक्षामा  एसएलसी  एक दुई विषयमा अनुत्तीर्ण भएका परीक्षार्थीलाई एसएलसी पास गराइदिने भन्दै पैसा उठाउने एक व्यक्तिलाई प्रहरीले पक्रेको छ । ठगी गर्ने क्रममा आफूलाई सशस्त्र प्रहरीको हवल्दार मेजर बताउने सुन्दरपुर चोहर्वा गाविस-३ का पवन महतोलाई हिरापुर क्षेत्रबाट प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक मोहन राज जोशीले जानकारी दिनुभयो ।

 महतोले एसएलसी अनुत्तीर्ण भएका परीक्षार्थीका एक दर्जनभन्दा बढी परिवारसँग गच्छेअनुसार दुई हजारदेखि ५ हजारसम्म असुल गरेको प्रहरीको भनाइ छ । हिरापुर प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक वकिल ठाकुरले करिब दुई सातादेखि विभिन्न ब्यक्तिलाई ठगी गरेको सूचना आएपछि हिजो महतोलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]