भदौ १४ पछि प्रधानमन्त्रीले सरकार छाड्ने सहमति भएको खुलासा


YYY
 साउन ३,काठमाण्डौ 

एकीकृत नेकपा माओवादीका सचिव सीपी गजुरेलले भदौ १४ गतेपछि प्रधानमन्त्री झलनाथ खनालले माओवादी नेतृत्वको सरकार निर्माणको लागि राजिनामा दिने सहमति पहिला नै भएको खुलासा गर्नु भएको छ । रिपोर्टस्र क्लब नेपालले आज गरेको साक्षात्कारमा बोल्दै सचिव गजुरेलले भदौ १४ गते पछि माओवादीको नेतृत्वमा सरकार बन्ने पहिला नै सहमति भएकोले पनि माओवादीले सरकारको विरोध नगरेको बताउनुभयो ।

 सात बुँदे सहमतिमै आलोपालोमा सहमति भईसकेकोले सोही अनुसार भदौ १४ गतेपछि प्रधानमन्त्रीले राजिनामा दिने स्पष्ट पार्नुभयो । माओवादीको जारी केन्द्रीय कमिटिको बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने दावी गर्दै जो संसदीय दलको नेता बन्छ उही नै प्रधानमन्त्री बन्ने गजुरेलले बताउनुभयो । 

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]