मुग्लिन–नारायणगढ सडक खण्ड एकतर्फी रुपमा संचालनमा


YYY
 साउन १४ चितवन। पृथ्बी राजमार्ग अन्र्तगत चितवनको कबिलासमा आज बिहान खसेको पहिरोका कारण अबरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड एकतर्फी रुपमा संचालनमा आएको छ ।

सडकखण्डको कबिलास ६ सिमलतालमा बिहान करिव ३ बजे लेदो सहितको ढुङ्गा र माटो खस्दा २ तर्फी यातायात अबरुद्ध भएको थियो । मुग्लिनबाट गएको डोजरले  पहिरो हटाएपछि सडक एकतर्फी खुलेको हो ।
सडक अबरुद्ध हुदा अलपत्र बनेका यातायातका अहिले गन्तब्यतर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

यसैबिच नारायणगढ मुग्लिन सडक खण्डको १७ किलोमा खसेको पहिरो पनि हटाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।


भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]