कतारमा नेपाल प्रवासी मगरहरुको बचत कोष शूरु


YYY
शरण थापा मगर
दोहा ।नेपाल प्रवासी मगर संघ दोहा कतारले नेपाल प्रवासी मगर बचत कोष शुरु गरेको छ। उक्त बचत कोष नेपाल प्रवासी मगर संघ दोहा कतारको मातहतमा रहने गरी छुट्टै निर्देशिका बनाई सञ्चालन गरिएको हो। संघको केन्द्रिय समितीले नियमित बैठकबाटै अनुमोदन गराई सञ्चालनमा ल्याएको उक्त बचत कोषमा केन्द्रिय कोषाध्यक्ष नै पदोनिय अध्यक्ष रहने व्यवस्था निर्देशिकामा रहेको छ।
हालमा केन्द्रिय कोषाध्यक्ष गिरी काउछा मगरको संयोजकत्वमा महेन्द्र थापा मगर सचिव, राम ब पुन कोषाध्यक्ष, सदस्यहरुमा लिलम चिढीमगर, राजकुमार सुसुलिङ, राम ब आले, केशव घर्तीमगर, भिम तरामुमगर र कृष्ण थापामगर रहेको तदर्थ समिती गठन गरी बचत कार्य शूरु गरिसकेको कुरा कोषका सचिव महेन्द्र थापा मगरले जानकारी दिनुभयो।
एक कार्यक्रमका बिच कोषका संयोजक गिरी काउछा मगरले आवश्यक प्रक्रिया पुर्‍याएर बचत कोषमा सहभागी भई सामुहिक लगानी र पारस्परिक सहयात्रा गरी आ-आफ्नो कमाइलाई सही सदुपयोग गर्नका लागि कतारस्थित समस्त मगर दाजुभाई तथा दिदीबहिनीहरुलाई आह्वान गहेको छ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]