अमेरिका र लिबियाबीच ट्युनिसियामा गोप्य वार्ता


YYY
 साउन ३ बिबिसी  । लिवियामा नेटो सेनाले एकातर्फी कारवाही जारी राखिरहंदा लिविया र अमेरिकावीच गोप्य भेटवार्ता भैरहेका खवर सार्वजनिक भएको छ ।

अमेरिकाका दुई वरिष्ठ अधिकारीले लिवियाका राष्ट्रपति कर्नल गद्याफीका प्रतिनिधिबीच गोप्य वार्ता गरेको वीवीसीले जनाएको छ । शनिवार अमेरीकी अधिकारीले लिवियाका शासक गद्याफीका प्रतिनीधिसंग छलफल गरेको वीवीसीले जनाएको छ । अमेरीकी विदेश मन्त्रालय र लिविया दुवैले यस्को पुष्टि गरेका छन् ।

लिवियाका अधिकारीका अनुसार यी दुई देश विचको वार्ता ट्युनिशियामा भएको हो । अमेरीकी विदेश मन्त्रालयका प्रवक्ताले भने दुई देश विच वार्ता भएपनि यसवारेमा कुनै प्रतिक्रिया दिन मानेका छैनन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]