हिमालयन नुडल्समा भिषण आगलागी


YYY
दीपक धिताल
 असार  २७ काभ्रे।काभ्रेको जनागालमा रहेको हिमालयन स्न्याक्स एण्ड नुडल्समा भिषण आगलागी भएको छ।  सोमबार बिहान १० बजेर ३७ मिनेटमा विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । कारखानाका एउटै भबनमा रहेको  आरएम स्टोर, अफिस रुम, इन्जिनियरिङ स्टोरमा लागेको आगोबाट करोडौंको क्षती भएको हुन सक्ने अनुमान कर्मचारीको रहेको छ । आगो लागेको भबनमा मायोज चाउचाउका लागि चाहेने सबै कच्चा पदार्थ रहेको बताइएको छ ।

कच्चा पदार्थ रहेकै कारण कच्चा पदार्थका कारण आगो नियन्त्रणमा आउन सकेको छैन । अहिले काठमाण्डौ, भक्तपुर, ललितपुर, एयरपोट तथा नेपाली शेनाको दमकल ल्याएर आगो निभाउने प्रयास भएपनि अहिले सम्म आगो नियन्त्रणमा आउन सकेको छैन ।
        
अहिले उक्त आगलागी भएको कारखानामा जिल्ला प्रशासन कार्यालय काभ्रेका प्रमुख रुद्रनाथ बस्याल, जिल्ला प्रहरी कायालयमा प्रमुख सुरेन्द्र कुमार मैनाली घटना स्थलमा पुगेका छन् । अहिले बनेपा, पनौती बाट सुरक्षाकर्मीहरु, स्थानिय बासिन्दा आगो निभाउन लागेका छन् भने कारखाना वरिपरी रहेको घरहरुका समानहरु सुरक्षित स्थानमा सार्न थालिएको छ ।

आगालागी भएको कारखानामा मायोज, रुचि, साकालका बुम, लेकाली र हुर्रे चाउचाउ बनाईन्छ । आगलागीबाट करोड भन्दा बढि नष्ट भएको नुडल्सका अपरेसन डाईरेक्टर रविन्द्र सिलवालले जानकारी दिनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]