शान्ति प्रकृयालाई अगाडी बढाउनको लागि चार हजार जनमुक्ति सेना हटाईएको:माओवादीका नेता अनन्त


YYY
साउन १० काठमाडौँ । एकिकृत नेकपा माओवादीका नेता वर्षमानपुन अनन्तले जनमुक्ति सेनाहरुबाट चार हजार आठ जनालार्ई अयोग्य र बहिर्गमन भएकाले हटाईएको नभई शान्ति प्रकृयालाई अगाडी बढाउनको लागि सम्झौता गरेको बताउनु भएको छ ।उहाँले संविधान र शान्ति प्रकृया भित्रै लडाकुहरुको विषयलाई सम्बोधन गर्ने बताउनु भयो ।मगंलवार काठमाडौंमा पुर्व जनमुक्ती सेनाको योगदान राज्यको मुल्यांकन विषयक गोष्ठिमा नेता अनन्तले सो कुरा बताउनु भएको हो ।

नेता अनन्तले अयोग्य भनेर हटाईएका लडाकुहरुको विषयमा राजनितिमा बहस चलिरहेको बताउँदै अठार वर्ष मुनिका र शान्ति प्रकृयापछि भर्ना गरेको भन्ने जस्ता कुराहरुमा कुनै पनि डकुमेन्टमा पार्टीले हस्ताक्षर नगरेको जानकारी गराउनु भयो ।अयोग्य मानेर शिविरबाट हटाईएको लडाकुहरुको विषयमा सरकार र पार्टीको तर्फबाट उनिहरुको भविष्य सुनिश्चित गर्नकोलागि सोच्नुपर्नेमा नेता अनन्तको जोड रहेको छ ।

नेता अनन्तले लडाकुहरुको विषयमा सरकारले जिम्मेवारी नलिएपनि नेपालको परिवर्तनकोलागि योगदान पुर्याएकाहरुको जिम्मेवारी लिन पार्टी कहिल्यै नचुक्ने भन्दै सबैलाई संगठित हुन आग्रह समेत गर्नु भयो ।माओवादी पार्टी सरकारमा रहेको अवस्थामा सरकारको तर्फबाट विभिन्न कार्यक्रमहरु बनाएर लानुपर्ने नेता अनन्तको भनाई छ ।

गोष्ठिमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य के.बि.रोकायाले बहिर्गमन भएका जनमुक्ति सेनाहरु पुर्व जनमुक्ती सेना नभई अहिले पनि माओवादिको सेना कै रुपमा रहेको बताउनु भएको छ ।उहाँले क्रान्ति पुरा भई नसकेको अवस्थामा माओवादीबाट जनमुक्ति सेना अलग्गै नभएको धारणा व्यक्त गर्नु भयो ।

अयोग्यको विल्ला हटाएर उनिहरुको गाँस,वाँस र कपासको व्यवस्थापन गरिनुपर्नेमा सदस्य रोकायाको जोड रहेको छ । जिवनको वास्ता नगरी नेपालमा परिवर्तन ल्याउने जनमुक्ति सेनालाई अयोग्य भनिएको प्रति आपत्ति जनाउँदै उनिहरुको व्यवस्थापन नगरिए नियन्त्रण भन्दा बाहिर गए देशमा अर्को युद्धको सिर्जना हुन सक्ने चेतावनि समेत सदस्य रोकायाले दिनु भयो ।

माओवादि पार्टीले अयोग्य जनमुक्ति सेनाहरुको व्यवस्थापनको विषयको बारेमा केही गर्ने सोच बनाएको प्रति आफुले आशा गरेको तर विश्वास नगरेको सदस्य रोकायाले बताउनु भयो ।

त्यसैगरि बरिष्ठ  लेखक खगेन्द्र संग्रौलाले छाति नापेर,दौडाएर र उचाई नापेर परिवर्तनको हिस्सेदारको रुपमा रहेका जनमुक्ती सेनाको अपमान गरिदै आएको बताउनु भएको छ ।उहाँले राज्य माथि देखि तलसम्म नै भ्रष्ट राज्य भएको आरोप लगाउँदै अयोग्यको नाममा उनिहरुको भविष्माथि खेलवाड नगर्न माओवादी पार्टी र सरकारलाई अनुरोध समेत गर्नु भयो ।

गोष्ठिमा पुर्व लडाकुहरुले शहिदहरुको सपनालाई पुरा गर्नकोलागि माओवादी पार्टीमा भएको अन्तरविरोधको अन्त्य गरेर पार्टीलाई एकढिक्का भएर अगाडी बढ्न आग्रह गरेका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]