संसदीय सुनुवाइ समितिले परराष्ट्रमन्त्रीसँग स्पष्टीकरण लिने


YYY
 असार २६ काठमाडौँ।  व्यवस्थापिका संसदको संसदीय सुनुवाई विशेष समितिले राजदुतलाई फिर्ता बोलाउने निर्णयबारे स्पष्टीकरण दिन आगामी बुधवार समितिमा बोलाउने निर्णय गरेको छ । राजदूत प्रदीप खतिवडाको समयावधि नसकिदै हरिकुमार श्रेष्ठलाई बंगलादेशको राजदुत नियुक्त गर्ने निर्णयबारे स्पष्टीकरण दिन परराष्ट्रमन्त्री उपेन्द्र यादवलाई समितिमा बोलाएको हो । 

परराष्ट्र मन्त्रालयको स्पष्टिकरण चित्त नबुझेपछि मन्त्री यादवलाई समितिमा बोलाउने निर्णय गरिएको समिति सभापति कुलबहादुर गुरुङले जानकारी दिनुभयो । मन्त्रालयले समितिलाई पठाएको पत्रमा नियुण्क्ति गर्दा रिक्तता नहोस भन्नका लागि दुइ÷चार महिना अगावै सुनुवाइ गर्न सकिने तथा यस्तो प्रचलन विदेशमा समेत रहेको जवाफ पठाएको थियो । 

यसअघि राजदुतको पदावधि नसकिदै नयाँ राजदुत नियुक्त गरेको भन्दै समितिले सुनुवाइ गर्न अस्वीकार गरेको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]