सरोकारवालाहरुद्वारा मानव अधिकारको बिग्रदो अवस्था प्रति चिन्ता ब्यक्त


YYY
 साउन ७ काठमाडौँ । सरोकारवालाहरुले नेपालमा मानव अधिकारको स्थिति बिग्रदो अवस्थामा रहेकाले चिन्ता व्यक्त गरेका छन् ।उनिहरुले मानवअधिकारको मापदण्ड संविधानमा कस्तो हुनुपर्ने भन्ने विषयमा स्वेतपत्र बनाई छलफल गरेर अगाडी बढ्नुपर्ने बताएका छन् ।

एमनेस्टी इन्टरनेश्नल नेपालको २७ औं वार्षिक साधारणसभामा आयोजित कार्यक्रममा सरोकारवालाहरुले प्रजातन्त्रको आवाज जोडदार रुपमा एकताबद्ध भएर  उठाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।

मानवअधिकारकर्मि गौरी प्रधानले दण्डहिनताको संस्कृतिलाई स्थान दिनकोलागि मानव अधिकार विरोधी कार्यहरु भए आफुहरुलाई मान्य नहुने बताउनु भएको छ ।उहाँले देशको बिग्रंदो राजनितिकस्थितिप्रति दुख व्यक्त गर्दै मानवअधिकारमैत्री संविधान निर्माण गर्नकोलागि दलहरुसित आग्रह गर्नु भयो ।मानाअधिकार आन्दोलनबाट थुप्रो उपलब्धिहरु हाँसिल भएतापनि देशमा दण्डहिनताको हिंसा भने अन्त्य नभएको मानवअधिकारकर्मि प्रधानको भनाई छ ।

कार्यक्रममा मानवअधिकारकर्मि चरण प्रसाँईले मानवअधिकार र द्धन्द्धको मुधा उठाउँदा शान्ति विरोधिको आरोप खेप्नु परेको बताउनु भयो ।उहाँले मानवअधिकार प्राप्तिकालागि अन्तराष्ट्रियमुखी र न्यायमुखि संविधान बनाउनुपर्नेमा जोड दिनु भयो ।सत्यनिरुपण र बेपत्ता आयोगको सिफारिसमा सरकारले दोषिलाई कार्वाहि नगरेकाले सत्यनिरुपण र बेपत्ता आयोगको कुनै औचित्य नभएको मानवअधिकारकर्मि  प्रँसाईको भनाई रहेको छ ।

त्यसैगरि अर्का मानवअधिकारकर्मि कपिल श्रेष्ठले सत्तामा रहेकाहरुले मानवअधिकारको हनन गरेको आरोप लगाउनु भएको छ ।उहाँले हरेकले मानवअधिकारको विपरित परिभाषा दिने गरेकाले अधिकारकर्मिहरुलाई हिसांको अन्त्य गर्न समस्या उत्पन्न हुने गरेको बताउनु भयो ।मानवअधिकारकर्मिहरुले पार्टीैको झण्डा बोकेर नहिंड्ने बताउँदै आदर्श समाज निर्माण गर्न मानवअधिकारकर्मिहरुको भुमिका रहेकाले सबैले सम्मानको दृष्टिले हेर्र्न आग्रह समेत गर्नुभयो ।

कार्यक्रममा ए.आई.अभियानमा महत्वपुर्ण योगदान पुर्याउँदै आएका युवा सदस्यहरुलाई सम्मान पनि गरिएको थियो ।


भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]