कोशीमा पानीको बहाब बद्द्दो


YYY
असार ३१ सुनसरी । केही दिनयता पूर्वी पहाडी जिल्लामा परेको अविरल वर्षका कारण सप्तकोशी नदीमा पानीको बहाब फेरि ह्वातै बढेको छ ।

गत सातादेखि घटदै गएको पानीको बहाब एक्कासी बढेपछि कोशी ब्यारेजका ५६ ढोका मध्ये २२ वटा ढोका खुल्ला गरी पानीलाई निकास दिइएको छ । आज बिहान मापन गरिए अनुसार कोशी नदीमा पानीको बहाब एक लाख ६१ हजार ८ सय ४५ क्युसेक रहेको प्रहरी चौकीले जनाएको छ ।

यो हालसम्मको सर्वाधिक पानीको बहाब हो । दुई साता अघि एक लाख ५१ हजार क्युसेक बहाब रहेको थियो । कोशी ब्यारेजको पूर्वपट्टी सुनसरीतिर सर्तकता सूचक संकेत रातो झण्डा राखिएको छ भने रातो बत्ती पनि बालिएको छ ।

ब्यारेजमा सवारी साधन आउजाउको क्रमलाई एकतर्फी पारिएको छ । यसपालि बेलैमा मनसुन सुरु भएकाले असार दोस्रो सातामै कोशीमा पानीको बहाब डेढ लाख क्युसेक नाघेको थियो । त्यसमा पानी पर्ने क्रम केही घटेपछि कोशीमा पानीको बहाब पनि घटेको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]