नेपाल जोर्डनसंग ९ गोलले पराजित


YYY
 साउन ८  काठमाडौँ।  विश्वकप छनोट दोस्रो चरणको पहिलो लेगमा नेपाली टोली जोर्डनसंग नौ गोलले पराजित भएको छ। जोर्डनको अम्मान रंगशालामा 'अवे' खेलका रुपमा खेलिरहेको नेपालविरुद्ध जोर्डनका लागि सातौ मिनेटमा मेहमुद हसनले उत्कृष्ट हेडमा गोल गर्दै खाता खोलेका थिए। 

उनले ७४, ८४ र खेल सकिनुअघिको इन्जुरी टाइममा गोल गरेर ह्याट्रिक पूरा गर्दै व्यक्तिगत गोल संख्या ४ पुर्‍याएका थिए।जोर्डनका लागि दोस्रो गोल २० औ मिनेटमा खालिल अमेरले दुई रक्षक तथा गोलकिपर किरण चेम्जोङलाई कटाएर गरेका थिए।

पहिलो हाफमै चार गोलले पछि परेको नेपालले मध्यान्तरपछि थप पाँच गोल सहनुपरेको थियो। 

नेपाली प्रशिक्षक ग्राहम रोबर्टसले खेलका लागि जोर्डन प्रस्थान गर्नुअघि विदाइ कार्यक्रममा कुनै पनि हालतमा सात आठ गोलको अन्तरमा नहार्ने दावी गरेका थिए। तर ९-० ले पराजित भएपछि अब नेपालले छनौटको तेस्रो चरण प्रवेश गर्न बिहीबार दशरथ रंगशालामा हुने घरेलु खेलको नतिजा १०-० ले आफ्नो पक्षमा पार्नुपर्नेछ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]