यातायातका बन्दको कारण यात्रुहरु अलपत्र


YYY
 असार  २८ धनगढी । यातायात व्यवसायीको बन्दका कारण सुदुरपश्चिममा दोस्रो दिन पनि यातायात सेवा ठप्प भएका छन ।

यातायातका साधन नचल्दा यात्रुहरु अलपत्र परेका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ सुदुरपश्चिम यातायात व्यवसायी संघले सोमवारदेखि अनिश्चितकालिन यातायात बन्दको आव्हान गरेको हो । बन्दका कारण सुदुरपश्चिमका ७ र तराईका दुई जिल्लाको जनजीवन प्रभावित भएको छ ।

सर्वोच्च अदालतले यसअघि नै यातायातमा सिण्डिकेट तथा कुनै प्रकारको आलोपालो प्रथा खोरेजीको आदेश दिए पनि डडेल्धुरामा नयां दर्ता भएको यातायात संस्था खारेजीको माग गर्दे महासंघले यातायात बन्द आव्हान गरेको हो ।

नयां दर्ता भएको डडेल्धुरा सार्वजनिक यातायात समितिको दर्ता खारेजी नभएसम्म यातायात हडताल जारी रहने व्यवसायीहरुले जनाएका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]