माओवादी केन्द्रीय समिति बैठक पुनः स्थगित


YYY
साउन ६  काठमाडौं। कार्यविभाजनमा सहमति हुन नसकेपछि बिषय प्रवेश गर्न नसकेको एकीकृत माओवादीको केन्द्रीय समिति बैठक आज पनि स्थगित भएको भएको छ ।

पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा बस्ने तय भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहालले पेश गर्नुभएको राजनीतिक प्रतिवेदनमा केन्द्रीय सदस्यले टिप्पणी गर्ने कार्यक्रम थियो । यद्यपी अध्यक्ष दाहालले तयारी नपुगेको र आन्तरीक छलफल गर्नुपर्ने भन्दै पुनः आजको बैठक स्थगित गरेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ । बैठक अब केही बस्ने भन्ने बारेमा केही बताईएको छैन ।

अध्यक्ष दाहालले शान्ति र संविधानलाई महत्व दिएर पेश गर्नुभएको प्रतिवेदनलाई उपाध्यक्ष मोहन बैद्य र डाक्टर बावुराम भट्टराई तथा महासचिव रामबहादुर थापाले अपुरो भन्दै आलोचना गरिसक्नुभएको छ ।

यसैवीच, आफ्नो पक्षमा समर्थन जुटाउन अध्यक्ष दाहालले आज विहान उपाध्यक्ष मोहन बैद्य र डाक्टर बावुराम भट्टराई तथा आफु निकट प्रभावशाली नेताहरुसंग आन्तरीक छलफल गर्नुभएको छ । आफ्नै निवास नयाँ बजारमा दाहालले बैद्य र डाक्टर भट्टराईसंग परार्मश गर्नुभएको बुझिएको छ ।

कार्यविभाजन, शान्ति र संविधान, अन्तरसंघर्ष लगायतका बिषयमा निर्णय गरिनुपर्ने माग गर्दै आएको बैद्य–भट्टराई समूहको दबावका कारण अध्यक्ष दाहाल असजिलोमा पर्नुभएको छ । अध्यक्ष दाहाल संसदीय दलको नेता उपाध्यक्ष डाक्टर भट्टराईलाई दिने पक्षमा हुनुहुन्न । आन्तरीक गृहकार्य गर्ने भन्दै बैठक स्थगित हुँदै आएको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]