गुप्ताङ्ग छाम्नेको गालामा चप्पल


YYY
 असार ३१ भैरहवा । सार्वजनिक यातायातमा यात्रा गर्ने दुई महिलाले एक जना व्यभिचारीलाई गालामा चप्पल हानेर सबक सिकाएका छन् । ओर्लिने बेलामा देविका (नाउँ परिवर्तन) महिलाको संवेदनशील अंग गुप्ताङ्ग छाम्ने एक २७ वर्षीय युवकलाई ती महिलाले मंगलवार घटनास्थलमैं चप्पल हिर्काएका थिए । 

आफ्नो नाउँ देवेन्द्र बताउने ती युवकले अबदेखि यस्तो काम नगर्ने वाचा गरेपछि स्थानीयले उनलाई जान दिएका थिए । भनिन्छ ती उच्छृंखल युवक यस अघि पनि लुम्बिनी जाने बसमा सांझको बेला अन्य महिलासँग दुव्र्यवहार गरेका थिए । 

सार्वजनिक यातायातमा धक्का दिने र महिलाप्रति वक्रदृष्टि राख्ने उच्छृंखल व्यक्तिहरूको संख्या केही दिन यता भैरहवामा बढेकोमा स्थानीय वासिन्दाहरूले चिन्ता व्यक्त गर्दै सार्वजनिक स्थलमा महिलाको सुरक्षा गर्न सुरक्षाकर्मीहरूको ध्यानाकर्षण गराएका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]