नयाँ मन्त्री थप्ने निर्णयको बिरोधमा प्रमुख प्रतिपक्षद्धारा संसदमा अबरोध


YYY
साउन ९ काठमाडौं। राष्ट्रिय सहमितका लागि प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिनुपर्नेमा मन्त्रिपरिषदमा नयाँ मन्त्री थप्न लागेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले आजको व्यवस्थापिका संसदको बैठक अवरोध गरेको छ ।

संविधान–सभाको म्याद थप गर्ने क्रममा प्रमुख एकीकृत माओवादी, कांग्रेस र एमालेका शीर्ष नेताहरु वीच भएको पाँच बुँदे सहमति अनुसार प्रधानमन्त्रीको राजीनामा आउनुको साटो माओवादी नयाँ मन्त्रीलाई सपथ दिलाउन लागेको बिरोधमा कांग्रेसले अबरोध श्रृजना गरेको हो । कांग्रेसका मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले पाँच बुँदे सहमतिको कार्यान्वयन गर्नुपर्नेमा नयाँ मन्त्री थपेर संसदको अपहेलाना गरेकाले बिरोध गर्नुपरेको बताउनुभएको छ ।

मुख्य सचेतक घिमिरेले सदनमा धारणा राखेर सकेपछि कांग्रेस सभासदहरु आ–आफ्नो स्थानमा उठेर नबसेपछि सभामुख नेम्वाङले भोली सम्मका लागि सदन स्थगित गर्नुभएको संसद सचिवालयले जनाएको छ।  

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]