शान्तिको कामना गर्दै पूर्वयुवराज्ञी हिमानी मन्दिरमा


YYY
 असार २८ काठमाडौं । पूर्वयुवराज्ञी हिमानी शाहले नेपालमा स्थायी शान्तिको कामना गर्दै मन्दिरमा पुजाआजा गर्ने गरेको बताउनुभएको छ ।

उहांले पछिल्लो समयमा नेपाली जनता र आफुपनि स्थायी शान्ति कायम हुन नसकेकोमा दुःखी भएको भन्दै सवैको हितका लागि स्थायी शान्ति आवश्यक हुने बताउनुभयो । पूर्वयुवराज्ञी शाहले काठमाडौको बसन्तपुरस्थित मरु गणेश मन्दिरमा मंगलबार बिहान गणेशको पुजाआजा सकेपछि त्यस्तो बताउनुभएको हो ।

पूर्वयुवराज्ञी शाहले मरु गणेशमन्दिरको नवनिर्मित भवनबारे स्थानिय पुजारीसंग जिज्ञासा राख्नुभएको थियो । गणेशपुजा पछि सञ्चारकर्मीले नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे राखेको जिज्ञासामा भने उहांले कुनै प्रतिक्रिया दिनुभएन । पुर्वयुवराज्ञी शाहले करिब आधा घण्टा मरु गणेश मन्दिरमा पुजाआजा गरि फर्कनुभएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]