मधेशी मोर्चा र सरकारवीच बार्ता जारी


YYY
 असार ३१ काठमाडौं । आर्थिक बर्ष २०६८/६९ को वजेट ल्याउने बिषयमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र सरकारवीच पुनः दोस्रो पटक बार्ता शुरु भएको छ ।

संविधानसभा भवन नयां बानेश्वरमा जारी दोस्रो बार्तामा मधेशी मोर्चाले अघि सारेका माग कार्यान्वयन गर्ने बिषयमा सरकारले लिखित प्रतिवद्धता जनाउने बुझिएको छ । यस अघि सरकारले मोर्चाका माग पुरागर्ने मौखिक प्रतिवद्धता जनाएको थियो ।

बार्तामा मोर्चाका शीर्ष नेता र सरकारका तर्फबाट प्रधानमन्त्री, अर्थमन्त्री लगायतको सहभागीता रहेको छ । मोर्चाले हुलाकी सडक, १ लाख सम्मको कृषी ऋण मिनाह, मधेश आन्दोलन राष्ट्रिय प्रतिष्ठान गठन, मधेशका शहीदको नाम स्कुल लगायतका बिभिन्न माग अघि सारेका छन् ।

माग पुरा नहुंदा सम्म वजेट ल्याउन नदिने भन्दै अवरोध श्रृजना गरेपछि हिजो बजेट आउन सकेको थिएन ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]