दुई ओलम्पिक कमिटि नमिले गतिविधीमै रोक लगाइदिने खेलकुद मन्त्री तामाङको चेतावनी


YYY
 साउन ७ काठमाडौँ । यूवा तथा खेलकुद मन्त्री हितबहादुर तामाङले विवादित दुई ओलम्पीक कमिटि मिलेर नआए गतिविधीमै रोक लगाईदिने चेतावनी दिनुभएको छ ।

रिपोर्टर्स क्लब नेपालले शनिबार   राजधानीमा आयोजना गरेको साक्षात्कारमा मन्त्री तामाङले विवादित दुई ओलम्पीक कमिटिलाई मिलेर सहमतिको प्रस्ताव ल्याउन निर्देशन दिनुभएको छु । उहाँले राष्ट्रकै बेइज्जत हुने गरी ओलम्पीक कमिटिको गतिविधी भईरहेको भन्दै राष्ट्रको कानून अनुसार समाधान नखोजेर कानून उल्लघन गरे कारवाही गर्ने उल्लेख गर्नुभयो ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव यूवराज लामाले पनि विवादित दुई ओलम्पिक कमिटिलाई विवाद समाधान गर्ने संयूक्त उपाय ल्याउन सुझाव दिईसकेको बताउनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]