बोलबमको रौनक शिवमन्त्रीहरुमा


YYY
 साउन २ काठमाडौं। साउन महिनाको पहिलो सोमबार आज बिभिन्न नदी, ताल, कुण्ड लगायतका स्थानमा भक्तालु, श्रद्धालुको घुईचो लाग्नुका साथै शिवमन्दीमा जल चढाउनेको घुईचो लागेको छ ।

काठमाडौंको पशुपतिनाथ, तनहँु जिल्लाको पवित्र तिर्थस्थल देवघाटमा विशेष मेला र भक्तालु, श्रद्धालुहरुको घुइचो लागेको छ । त्यसै गरेर तराईका बिभिन्न जिल्लामा पनि यस पर्व बिशेष महत्वका साथ मनाईएको छ ।
साउन महिनामा पवित्र तिर्थस्थलमा प्रत्येक सोमवार स्नान गरी जल लगेर शिबजीको मन्दिरमा चढाउने गरिन्छ । नदीमा नुहाएर जल चढाउनेको देवघाटमा भक्तजनको भिड लागेको थियो ।

पवित्र तिर्थस्थल देबघाट चितवन, नपलपरासी र तनहँु जिल्ला तथा नारायणी, लुम्बिनी र गण्डकी अञ्चलको संगममा पर्दछ । देवघाटको बेनी संगममा नुहाएर जल शिव मन्दीरमा चढाउन हिजो रातीदेखिनै देवघाटमा बिशेष गरेर महिला भक्तजनको घुर्ईचो लागेको छ ।

 महिलाहरु व्रत बस्ने शिवजीलाई बेलपत्र र जल चढाउने गर्दछन् । यसो गर्नाले मनोआकंक्षा पुराहुने विश्वास रहिआएको छ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]