पहिरोमा पुरिएर १ सैनिकको मृत्यु, २ घाइते


YYY
राजेन्द्र न्यौपाने
साउन २ मनांङ  । मनाङमा आइतबार विहान गएको पहिरोमा पुरिएर एक नेपाली सेनाको मृत्यु भएको छ ।

मनाङको धारापानी गाउँ विकास समितिको वडा नं १ सिरानतालमा  गएको पहिरोमा पुरिएर बेसीसहर–चामे सडक निमार्ण कार्यगणमा कार्यरत ४० बर्षिया प्राविधिक हबल्दार कुमार सिं लामाको मृत्यु भएको मनाङ प्रहरीले जानकारी दिएको छ । लामाको स्थायी घर काभ्रेपलान्चोकको स्यामपाटी–१ रहेको छ ।

मुसालधारे बर्षँासँगै आएको पहिरोमा पुरिएर अन्य दुइ जना घाइते भएका छन् । घाइते हुनेमा कायदल गणकै सैनिक जवान लमजुङ बेसीसहर–१ का उमेश रावत र नुवाकोट छाप–२ का तेलपोट रहेका छन् ।

मृतक र घाइतेको उद्धारका लागि नेपाली सेनाको हेलिकप्ट मगाइएको प्रहरीले जनाकारी दिएको छ । बेसीसहर–चामे सडक निमार्णको क्रममा पहिरोमा पुरिएको मनाङ प्रहरीलाई उदृत गर्दै
चामेबाट कमान गुरुङले बताउनुभयो । 

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]