धनकुटामा प्रतियोगितात्मक कबिता गोष्ठी एवं बिचार अन्तरक्रिया कार्यक्रम सम्पन्न


YYY
देवकला कार्की
 साउन ८ धनकुटा ३३ औँ पुष्पलाल स्मृती दिवसको अवसरमा शनिवार  धनकुटामा प्रतियोगितात्मक कबिता गोष्ठी एवं बिचार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी युनियन जिल्ला कमिटी धनकुटाको आयोजना तथा नेकपा एमाले धनकुटाको ब्यावस्थापनमा कार्यक्रमको आयोजना गरिएको हो ।
       
नेकपा एमलेका राष्टिय प्रतिनिधी परिषद सदस्य टिकाराम चेम्जोङ्गले स्वर्गिय पुष्पलाल श्रेष्ठको तस्बिरमा माल्यार्पण गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरुले विभिन्न कबिता तथा रचनाहरु प्रस्तुत गरेका थिए। कविता प्रतियोगितामा खगेनद्र निश्चल प्रथम , विमल गौतम दोस्रो, अंगिता घिमिरे तेस्रो र राधा थापा सान्त्वना हुनु भएको छ । 

बिजयी हुनेलाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नुका साथै जेष्ठ नागरिक पिताम्बार भट्टराईलाई सम्मान गरिएको थियो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]