कार्य बिभाजन सम्बन्धि कार्यनीति पारित गर्दै माओवादी केन्द्रीय समिति बैठक सम्पन्न


YYY
साउन ९ काठमाडौं। एकीकृत माओवादीले अध्यक्ष दाहालको शान्ति र संविधान सम्बन्धि कार्यनीति सर्वसम्मतीले पारीत गर्दै सम्पन्न भएको छ ।

पार्टी मुख्यालय कोशटेश्वर पेरिसडाँडामा सोमबार  बसेको केन्द्रीय समितिले शान्ति र संविधानको कार्यनीति केही सुझाव सहित पारित गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिनुभयो । बैठक पछि सञ्चारकर्मीसंग कुरागर्दै प्रवक्ता शर्माले शान्ति र संविधान सम्बन्धि कार्यनीतिक योजना सहित अन्य दलहरुसंग छलफल गरेर शान्ति प्रक्रियालाई टुङगो लगाउने निर्णय गरेको बताउनुभयो ।

एकीकृत माओवादीले उपाध्यक्ष मोहन बैद्यले गोरखाको पालुङगटार बिस्तारीत बैठकबाट पारित गरेको जनबिद्रोह सम्बन्धि कार्यनीतिलाई छाडेको छ । शान्ति र संविधान सम्बन्धि प्रस्ताव उपाध्यक्ष डाक्टर बावुराम भट्टराईले बिस्तारीत बैठकमा प्रस्ताव गरेपनि पारित हुन सकेको थिएन । आज पारित भएको माओवादीको कार्यनीति भदौ–१४ गते सम्मका लागि रहेको स्रोतले जनाएको छ । अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा भदौ–१४ गते सम्म शान्ति र संविधानको लागि राजनीतिक प्रस्तव पेश गर्नुभएको थियो ।

यसैवीच, माओवादीले शान्ति प्रक्रियालाई टुङगोमा पुराउन अन्य दलहरुसंग यसकै आधारमा छलफल गरी अगाडि बढ्ने जिम्मेवारी पनि अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।

त्यसै गरेर एकीकृत माओवादीले संगठनको जिम्मेवारीका सम्बन्धमा भने ठोस निर्णय गर्न सकेन । जिम्मेवारी हेरफेर र कार्यविभाजनका लागि स्थायी समितिले टुङगो लगाउने प्रवक्ता शर्माले बताउनुभयो ।स्थायी समितिको छिट्टै बस्ने बैठकले कार्यविभाजनको टुङगो लगाउने छ । आगामी एक साता भित्र आन्तरीक छलफल पछि आउने प्रस्तावलाइ स्थायी समितिले निर्णय गरेर कार्यविभाजन गर्ने शर्माले बताउनुभयो ।

कार्यविभाजन, पार्टीको कार्यनीति, जिम्मेवारीमा हेरफेर लगातका बिषयमा बिवाद भएपछि माओवादीको केन्द्रीय समिति बैठक झण्डै एक महिनादेखि अलमलमा परेको थियो । आज उसले बिभिन्न निर्णयहरु गर्दै केन्द्रीय समिति सम्पन्न गरेको छ ।


भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]