आदीकवीको सम्झनामा खुल्ला कविता गोष्ठि


YYY

असार २९  काठमाडौ । आदीकवी भानुभक्त आचार्यको १ सय ९८ औ जन्मजयन्तीको अवसरमा ग्रामिण आर्दश बहुमुखी क्याम्पस नेपालटारले खुल्ला कविता गोष्ठीको आयोजना गरेको छ ।खुल्ला कविता गोष्ठीमा सो म्याम्पस सहित स्थानीयले पनि भाग लिएका थिए । जसमध्यै उत्कृष्ट चार जनालाई छनौट गरी पुरस्कृत पनि गरिएको थियो । हरी प्रीय निरौला, अनन्त अनिल, सुस्मिता र छम गुरुङ क्रमस प्रथम, द्धितिय, तृतिय र चौथो भएका थिए ।

उनीहरुलाई क्याम्पस स्ववीय ईकाईले मेडल, प्रमाणपत्र र जिन्सी पुरस्कार प्रदान गरेको थियो ।नेविसंघ क्याम्पस ईकाई अध्यक्ष सुशिल भट्टको सभापतित्वमा भएको सो कार्यक्रममा नेपाली काग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारी, स्ववीयू सभापति बलदेब थाप, नेविसंघका निवर्तमान कोषाध्यक्ष कुन्दनराज काफ्ले, सुरेश राज गिरी, उज्जन बुढाथोकी लगायतकाले नेपाली भाषाको विकास र उत्थानमा आदीकवी भानुभक्तको योगदानको चर्चा गर्दै राजनीति क्षेत्र पनि दलगत स्वार्थबाट माथि उठेर राष्ट्रकोलागी योगदान दिने गरी अगाडि बढे मुलुकको विकास र गतिरोधको निकास हुने दावी गरेका थिए ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]