कांग्रेस र साना दलहरुद्धारा प्रधानमन्त्रीको राजीनामा माग


YYY
साउन ८ काठमाडौं। प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र साना दलहरुले पाँच बुँदे सहमति अनुसार प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिनुपर्ने भन्दै अब चुपलागेर नबस्ने सहमति कायम गरेका छन् ।

कांग्रेस र साना दलहरुको आज सिंहदरबारमा बसेको बैठकले शान्ति र संविधान तथा राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री खनालको राजीनामा अनिवार्य रहेको निष्कर्ष निकालेको कांग्रेसले जनाएको छ । त्यस क्रममा प्रधानमन्त्री खनालले अटेर गरेर आफैले गरेको सहमतिको अपहेलना गरेको भन्दै अपात्ति जनाएका छन् ।

संविधान–सभामा प्रतिनिधीत्व गर्ने तथा सरकारमा सहभागी नरहेका दलहरुको आजको बैठकले प्रधानमन्त्रीको राजीनामा लाई लिएर संसदमा महत्वका साथ आवाज उठाउने सहमति गरेका हुन् ।

संविधान–सभाको म्याद थप गर्ने क्रममा जेठ–१४ गते मध्यराती एकीकृत माओवादी, नेपाली कांग्रेस र एमालेका शीर्ष नेतावीच भएको पाँच बुँदे सहमतिमा शान्ति र संविधान तथा राष्ट्रिय सहमतिका लागि प्रधानमन्त्री खनालको राजीनामा आउनुपर्ने उल्लेख रहेको छ ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]