बरिष्ठ नेता नेपाल र स्थायी समिति सदस्य ओलीद्धारा अध्यक्ष खनालको आलोचना


YYY
दीपक धिताल 
 साउन ८ काभ्रे।एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल र स्थायी समिति सदस्य केपी ओलीले पार्टी नेतृत्व सर्वसत्तावादी भएको भन्दै अध्यक्ष झलनाथ खनालको खुलेरै चर्को अलोचना गर्नुभएको छ ।

काभ्रेको धुलिखेलमा राष्ट्रिय कार्यशाला चलिरहदा अलग पत्रकार सम्मेलन गरेर एमाले नेता ओलीले अध्यक्ष खनालको नाम नलिइकनै महाधिवेशनले दिएको म्यान्डेट बाहिर गएर केही मान्छेहरु सर्वसत्ता आफ्नै भएको महशुस गरिहेको आरोप लगाउनुभयो ।

ओलीले एमाले लोकतान्त्रिक पार्टी भएको भन्दै तानाशाह जस्तो शक्ति र सत्तामा रमाउने चरीत्र पार्टीमा मान्य नहुने बताउनुभयो । उहाँले शक्ति र सत्तामा रमाउने चरीत्र अब पार्टीमा मान्य नहुने बताउनु भयो ।

एमाले बरिष्ठ नेता माधबकुमार नेपालले व्यक्तिमा अधिकार राख्ने प्रबृति एमालेमा नभएकोले अध्यक्षले जे पायो त्यो गर्न नपाउने बताउनुभयो ।

यसैबीच सञ्चारकर्मीसँग कुरा गर्दै वरिष्ठ नेताहरु माधवकुमार नेपाल र केपी ओलीले पार्टी नेतृत्वले स्वेच्छाचारी ढंगले महाधिवेशनपछि विधान प्रकाशित गरेको आरोप लगाउनुभएको छ । भेलामा पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरू, पार्टीका शीर्ष नेता, २० वटा केन्द्रिय विभागका प्रमुखहरू, २० केन्द्रिय फाँटका ईन्चार्जहरू, १६ अञ्चल कमिटीका संयोजक तथा सचिवहरू, ७५ वटै भौगोलिक जिल्ला कमिटीका साथै विभिन्न पेशागत तथा विशेष १८ जिल्लासहित ९३ जिल्लाका अध्यक्षहरू गरी २ सय नेता कार्यकर्ता सहभागी भएका छन्। एमाले आजै भेला सम्पन्न गर्ने जनाएको छ ।

 एमालेको राष्ट्रिय परिषद भेला भदौ २८ र २९ गते हुँदैछ । परिषद भेलालाई महाधिवेशनपछिको शक्तिशाली मानिन्छ ।

एमालेको राष्ट्रिय कार्यशाला चली रहेको छ । कार्यशालामा नेताहरुले आ–आफु निकट नेता तथा कार्यकर्तासंग आन्तरीक छलफल गरेका छन् ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]