देउवाले भने-म प्रधानमन्त्री नबन्ने भन्ने कहीँ छ ?


YYY
२७ असार, काठमाडौं ।

नेपाली कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले भावी प्रधानमन्त्रीमा दावेदारी प्रस्तुत गर्नु भएको छ ।

सोमबार काठमाडौंको स्वयम्भू अनन्दकुटी मंसिकालमा वृक्षरोपणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै देउवाले प्रधानमन्त्रीमा दावेदारी प्रस्तुत गर्नु भएको हो ।

तपाईले प्रधानमन्त्रीका लागि लबिङ गर्नु भएको भन्ने छ नि भन्ने सञ्चारर्मीहरुको प्रश्नमा देउवाले भन्नुभयो-’मैले नबन्ने भन्ने कुरा छ कहीँ ?’

संसदीय दलको नेताबाट रामचन्द्र पौडेललाई हटाएर देउवाले प्रधानमन्त्री बन्न पार्टीभित्र र बाहिर लबिङ गर्दै आउनु भएको छ । पौडेललाई पार्टी उपसभापतिमा मनोनित गर्ने प्रस्ताव पारित गर्दा संसदीय दलको नेता परिर्वतनका लागि सहमति भएको देउवा पक्षको दावी छ ।

कांग्रेस वरिष्ठ नेता देउवाले शान्ति र संविधान निर्माणका लागि कांग्रेसको नेतृत्वमा सरकार बन्नु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो-’जबसम्म राष्ट्रिय सहमतिको सरकार बन्दैन, तबसम्म शान्ति र संविधान बन्दैन । जबसम्म कांग्रेसको नेतृत्वमा सरकार बन्दैन, तबसम्म हुँदैन ।’

उहाँले राष्ट्रिय सहमतिको सरकार गठन गर्नका लागि प्रधानमन्त्रीले पाँचबुँदे सहमति अुनसार तत्काल राजीनामा दिनु पर्ने बताउनुभयो । कांग्रेस वरिष्ठ नेता देउवाले माओवादीले शान्ति प्रक्रिया र संविधान निर्माण गर्न नचाहेको आरोप समेत लगाउनु भयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]