नेपाल प्रवेश गरेका ६ तिब्बती नागरिक पक्राउ


YYY
 असार २८ दोलखा  । नेपाल प्रवेश गरेका तिब्बती ६ जना नागरिकलाई मंगलबार  दोलखा जिल्लामा प्रहरीले पक्राउ गरेको छ ।

लामाबगर नाका हुंदै नेपाल छिरेका ६ तिब्बती नागरिकलाई इलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको टोलीले लामीडांडां ६ सिंगटीबजारबाट पक्राउ गरेको हो । पक्राउ पर्नेहरु २० देखि ३० वर्ष उमेरका छन् ।

पक्राउ परेका तिब्बतीलाई सदुरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी प्रमुख डिएसपी उमेशराज जोशीले जानकारी दिनुभयो ।

भर्खरै थपिएका पोष्टहरू

पछिल्ला समाचारहरु

प्रवास खबर

स्थानिय समाचार

[सुन्दरसंसार-मनोरञ्जनात्मक वेभपत्रिका,आज तपाइँले हेर्नुभयो?]